बाघडुग्राको एमएम तराई पिकनिक स्थलमा मानिसहरूको भीड़

बाघडुग्रा : नव वर्षको पहिलो दिन आज बाघडुग्राको एमएम तराई पिकनिक स्थलमा धेरै संख्यामा मानिसहरूको भीड देखियो। प्राकृतिक सौन्दर्यले भरिएको एमएम तराईको एकातर्फ पहाड़ी सौन्दर्य रहेको छ भने अर्कोतिर बालासन नदी र स्वच्छ वातावरण रहेको छ। नयाँ वर्ष 2022-को पहिलो दिन आज यहाँ धेरै संख्यामा मानिसहरू पिकनिक खेल्न आएका थिए। तथापि, यहाँ पिकनिक खेल्न आउने मानिसहरूले मुखमा माक्स भने लगाएका थिएनन्। आज बिहानैदेखि मौसम अनुकूल रहेको छ। पिकनिक अवधि कुनै प्रकारको झैँ झगडा नहोस् भन्ने उद्देश्य लिएर त्यहाँ बाघडुग्रा पुलिस बल तैनाथ गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *