बाघडुग्राको मुलाईजोतबाट अज्ञात युवकको शव उद्धार

बाघडुग्रा (निसं) : बाघडुग्राको गोसाईपुर ग्राम पञ्चायत अन्तर्गत मुलाईजोत इलाकाबाट एकजना अज्ञात युवकको शव भेट्टाइए पछि  इलाकामा सनसनी मच्चिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले एउटा खाली मैदानमा टाउँको घाँसले छोपेको अवस्थामा उक्त युवकको शव देखेपछि यसबारे पुलिसलाई जानकारी दिए। खबर पाएपछि बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। शवको नजिकमा रक्सी अनि नशालु पदार्थ पनि भेट्टाइएको बताइएको छ। स्थानीय मानिसहरूले आशंका गरे अनुसार मातेको अवस्थामा युवकको हत्या गरिएको हुनसक्छ। बाघडुग्रा पुलिसले घटनाको जाँच गरिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *