बाघडुग्राको टीपु नदीमा डुबेका किशोरको शव उद्धार

सिलगढी : बाघडुग्राको टीपु नदीमा डुबेका एकजना किशोरको शव आपदा प्रबन्धन कर्मीहरूले आज उद्धार गरेको छ। लगभग 17 घण्टापछि अभिकृष्ण डुङडुङको शव उद्धार गरेको बताइएको छ। पुलिसले उक्त शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। भविष्यमा यस प्रकारको घटनाहरू रोक्ने उद्देश्य लिएर नदीको किनारमा चेताउनी बोर्ड तथा फोन नम्बर लगाइनेछ। यसको साथै उक्त नदीमा नुहाउन आउनेहरूविरुद्ध प्रशासनको तर्फबाट कानुनी कार्वाही गरिने बताइएको छ। स्मरण रहोस्, अभिकृष्ण डुङडुङ हिजो टीपु नदीमा नुहाउने क्रममा नदीले बगाएर लगेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *