बाघडुग्रामा 5 वर्षीय नानीलाई यौन शोषण, आरोपी पक्राउ

बाघडुग्रा, 27 नोभेम्बर (निसं): एकजना व्याक्तिले चकलेटको लोभ देखाएर 5 वर्षीय नानीको यौन शोषण गरेको आरोप रहेको छ। उक्त घटना प्रकाशमा आउन साथ बाघडुग्राको गोसाईपुर संलग्न इलाकामा उत्तेजना फैलियो। आक्रोशित भीडले आरोपीको घरमा तोडफोड गरे। यसपछि स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दा बाघडुग्रा थानाका एएसआई घाइते भएको छ।
प्राप्त जानकारी अनुसार, दुई दिन अघि इलाकाको एकजना 5 वर्षीय नानी घर छेउको मैदानमा खेलिरहेका थिए। यस अवधि अपूर्व देबनाथ नाम गरेका एकजना व्याक्तिले उक्त नानीलाई चकलेटको लोभ देखाएर आफ्नो घरमा लगे अनि तिनको यौन शोषण गरेको आरोप रहेको छ। घटनाको दुई दिनपछि नानीको शारीरिक स्थिति खराब भएपछि तिनको आमाले नानीसित सोधखोज गर्दा सम्पूर्ण घटना सामु आएको बताइएको छ। घटनाको जानकारी पाउन साथ स्थानीय मानिसहरू आक्रोशित भए अनि आरोपीको घरमा तोडफोड शुरू गरे। घटना पछि इलाकामा तनाउको स्थिति देखा पऱ्यो। सूचना पाएर बाघडुग्रा थानाको पुलिस धेरै संख्यामा घटनास्थलमा पुगे। धेरै समयको प्रयास पछि अन्तमा पुलिसले स्थितिलाई नियन्त्रणमा ल्यायो। यस अवधि घटनामा बाघडुग्रा थानाका एकजना एएसआई घाइते भए। पुलिसले आरोपीलाई पक्राउ गरेको छ।
पीडित परिवारको तर्फबाट बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेको छ। परिवार पक्षले आरोपीलाई कठोर सजाय दिनु पर्ने माग गरेको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। बाघडुग्रा थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *