बाघडुग्रा: आयुष स्वास्थ्य केन्द्रको गठन गरेपछि यसपल्ट आयुष मेलाको आयोजना गरिएको छ। एलोप्याथी, होमियोप्याथी चिकित्सा सँगसँगै आयुष चिकित्साबारे मानिसहरूलाई जानकारी गराउने उद्देश्यले बाघडुग्रामा आयुष मेलाको आयोजना गरिएको हो। पश्चिमबंग सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागको पहलमा यो मेलाको आयोजना गरिएको हो। तीनदिने उक्त मेलाको सिलगढी महकुमा परिषद्का सभाधिपति अरूण घोष र जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रमाणिक, अतिरिक्त जिल्लाशासक प्रेम कुमार बरदेवा लगायत विभिन्न ब्लकका बीएमओएच तथा पञ्चायत समिति र ग्राम पञ्चायत सदस्यहरूले विधिवत् रूपमा उद्घाटन गरे। उक्त मेलामा 4 वटा आयुर्वेदिक, 4 वटा होमियोप्याथी, 2 वटा योगा र एउटा स्वरिप्पा क्याम्प रहेको छ। उक्त मेलामा आयुष चिकित्सा लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।
