बाघडुग्रामा अधिक मात्रामा गाँजा सहित 1 जना पक्राउ

बाघडुग्रा : धेरै मात्रामा गाँजा सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक असमको नवगाउँ जिल्ला निवासी राजु सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार कुचबिहारबाट कोलकातागामी बसमा सवार भएर धेरै मात्रामा गाँजा लिएर तस्करी गर्ने उद्देश्यले राजु सरकार गइरहेको समय पुलिसले बाघडुग्राको बिहार मोडमा अभियान चलाएर 52 केजी 600 ग्राम गाँजा सहित तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। गाँजा तस्करीमा अन्य कोही संलग्न हुनसक्ने आशंकामा बाघडुग्रा थाना पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *