बाघडुग्रामा अन्य पार्टी छोडेर 140 परिवार तृणमूलमा सामेल

बाघडुग्रा : बाघडुग्रा बिहारमोडमा अन्य पार्टी छोडेर 140 परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। पार्टीमा सामेल हुनेहरूलाई दलीय झन्डा प्रदान गरेर स्वागत जनाइयो। यस अवसरमा जिल्ला सभानेत्री पापिया घोष, श्रमिक युनियनका जिल्ला सभापति निर्जल दे, आनन्द घोष, भोला गुह लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको आदर्श एवम् तिनको विकासमूलक कार्यले प्रेरित भएर आज 140 परिवार तृणमूलमा सामेल भएको पापिया घोषले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *