बाघडुग्रामा बाख्रा चोरी गर्न आएका युवकलाई पक्रेर सामूहिक धुलाई

बाघडुग्रा : बाघडुग्राको तारबन्दा इलाकामा बाख्रा चोरी गर्न आएका एकजना युवकलाई पक्रेर गणधुलाई गरेपछि पुलिसलाई सुम्पिदिएको छ। स्थानीय मानिसहरूको भनाइअनुसार बाइकमा सवार भएर दुईजना युवक बाख्रा चोरी गरेर लगिरहेको समय स्थानीय मानिसहरूले देखेपछि तिनीहरूलाई रोक्दा ती दुईमध्ये एकजना युवकले घटनस्थलबाट सुइँकुच्चा ठोके। यसपछि स्थानीय मानिसहरूले अर्का एकजना युवकलाई पक्रेर गणधुलाई गर्नको साथै बाघडुग्रा थाना पुलिसलाई सुम्पिदिएको बताइएको छ। घटनाबाट पुलिसले एउटा बाइक जफत गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *