बाघडुग्रामा भारतीय कम्युनिस्ट पार्टीको दोस्रो सम्मेलनको आयोजना

बाघडुग्रा : भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) बाघडुग्रा गोसाईपुर एरिया कमिटीको आज दोस्रो सम्मेलन यहाँको एक्युरियम भवनमा आयोजना गरियो। यस अवसरमा पार्टीका दिवङ्गत अनिल साहा, उत्तम घोष, सुदीप भट्टाचार्य, दिलीप घोष लगायत अन्यलाई श्रद्धाञ्जलि अर्पण गरियो। संगठनका सदस्यहरूले मूल्य वृद्धि, कृषि कानुन, श्रम कोड आदि जस्ता विषयलाई लिएर केन्द्र सरकारविरुद्ध क्षोभ प्रकट गरे। यस अवसरमा सिटु नेता गौतम घोषले भने, एरिया कमिटीको सम्मेलनपछि जिल्ला, राज्य तथा पार्टीका हाई कमान्डको बैठक गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *