बाघडुग्रामा भयावह आगलागीमा 3 वटा दोकान जलेर भष्म

बाघडुग्रा : बाघडुग्राको एयरपोर्ट मार्केटमा आज बिहान भयावह आगलागी हुँदा 3 वटा दोकान जलेर भष्म भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान इलाकामा रहेको एउटा एटीएमको सुरक्षा कर्मीले आगो लागेको देखेपछि यसबारे स्थानीय मानिसहरूलाई खबर दिए। स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउने प्रयास गरियो। घटनाको खबर पाएर मतिगढा तथा सिलगढी दमकल विभागको इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने अनुमान लगाइएको छ। तथापि, उक्त आगलागीमा 3 वटा दोकानको मोठ 30 लाख रुपियाँको क्षयक्षति भएको व्यवसायीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *