बाघडुग्रामा विश्व हिन्दू परिषदको र्‍याली रोक्यो पुलिसले, केही हिरासतमा

बाघडुग्रा : भोलि अयोध्यामा राम मन्दिरको भूमि पूजन गरिने भएकोले यसलाई लिएर सिलगढीका भक्तजनहरू निक्कै खुशी भएका छन्। यसैले आज विश्व हिन्दू परिषदको तर्फबाट सिलगढी संलग्न बाघडुग्रामा एउटा र्‍यालीको आयोजना गर्यो। उक्त र्‍याली शुरू गरेर केही अघि बढेपछि पुलिसले र्‍याली रोकिदियो। यसपछि विश्व हिन्दू परिषदका सदस्यहरू सडकमा बसेर विरोध प्रदर्शनी गरे। पुलिसले विश्व हिन्दू परिषदका केही सदस्यहरूलाई हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *