बाघडुग्रामा ब्राउन सुगर सहित युवक पक्राउ

बाघडुग्रा: ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम अमजाद अली बताइएको छ। तिनी नक्सलबारीको अटल निवासी हुन्। प्राप्त जानकारी अनुसार बाघडुग्रा थाना पुलिसले गोप्य सूचनाको आधारमा बाघडुग्राको सिङ्गीझोडा चियाकमान संलग्न इलाकामा अभियान चलाएर एउटा युवकलाई रोकेर छानबीन गर्दा 91 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ तोकेको छ। पक्रा परेका युवकलाई भोलि शनिबार सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *