बाघडुग्रामा ब्राउन सुगर सहित आमा-छोरा पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी तथा बाघडुग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर ब्राउन सुगरसहित आमा-छोरालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मतिगढाको विश्वास कोलनी निवासी पवन विश्वास र मुन्नी विश्वास सामेल छन्। प्राप्त जानकारीअनुसार सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी तथा बाघडुग्रा थाना पुलिसले बाघडुग्राको बिहार मोडमा मालदादेखि सिलगढीगामी एउटा बसमा छानबीन गर्दा 540 ग्राम ब्राउन सुगरसहित आमा-छोरालाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *