बाघडुग्रा: बसको धक्का लागेर बाइक सवार व्यक्तिको मृत्यु भएको छ। उक्त घटनाले बाघडुग्राको बिहार मोडमा उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार खोरीबारीको पानीट्याङ्कीतर्फबाट आइरहेको एउटा यात्री बोकेक बसले बाइकलाई धक्का दिँदा घटनास्थलमा व्यक्तिको मृत्यु भएके बताइएको छ। उक्त दुर्घटनापछि बस चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेको छ भने हालसम्म मृतक व्यक्तिको परिचय जुटाउन सकेको छैन। पुलिसले उक्त बसको खोजी शुरू गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।