बाघडुग्रामा बसको धक्का लागेर व्यक्तिको मृत्यु

बाघडुग्रा : बाघडुग्रा विमानअड्डा नजिक 31 नम्बर राष्ट्रिय राजमार्गमा सडक पार गरिरहेको समय बसको धक्का लागेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति महाबीर मिञ्जको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार घोषपुकुरबाट तीव्र गतिमा सिलगढीतर्फ आइरहेको एउटा बसको धक्का लागेर एकजना व्यक्तिको मृत्यु भएको बताइएको छ। घटनापछि आक्रोशित मानिसहरूले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसले गर्दा केही समयको लागि वाहनहरूको चलाचल बन्द भएको थियो। घटनाको खबर पाएर बाघडुग्रा ट्राफिक पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *