बाघडुग्रामा चितुवाको हमलामा महिला घाइते

सिलगढी : बाघडुग्रा विमानअड्डाको पेरिसेबल कार्गोमा चितुवाको हमलामा शशिकला राई नाम गरेकी एउटी महिला घाइते भएकी छन्। प्राप्त जानकारीअनुसार शशिकला राईले बाघडुग्राको पेरिसेबल कार्गोमा घाँस काटिरहेको समय एउटा चितुवाले तिनीमाथि हमला गर्दा गम्भीर रूपमा घाइते भएकी छन्। घाइते महिलालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगिएको छ। अर्कोतिर, घटनाको खबर पाएर बाघडुग्रा रेञ्जका वनकर्मी घटनास्थलमा पुगेर चितुवाको खोजी शुरू गरेको छ। यस सम्बन्धमा खरसाङ वन विभागका डीएफओ हरिकृष्णसित फोनमार्फत् सम्पर्क गर्दा तिनले भने, बाघडुग्राको पेरिसेबल कार्गोमा चितुवाले हमला गरेको खबर सुनेर बाघडुग्रा वन विभागका कर्मीहरू साथै सुकना वन्य प्राणी विभागका कर्मीहरू घटनास्थलमा पुगेर चितुवाको खोजी शुरू गरेको छ। चितुवा देखापरे निद्रा लाग्ने गोली छोडिने अथवा चितुवा नभेट्टाएको खण्डमा उक्त इलाकामा खोर थापिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *