बाघडुग्रामा देशी पिस्तोल, कार्तुस सहित युवक पक्राउ

बाघडुग्रा: देशी पिस्तोल, कार्तुस सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम चन्दन दास बताइएको छ। तिनी भुजियापानी निवासी हुन्। गोप्य सूचनाको आधारमा बाघडुग्रा थाना पुलिसले भुट्टाबारी इलाकामा अभियान चलाएर देसी पिस्तोल, एउटा कार्तुस सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार चन्दन दासले बिहारबाट उक्त पिस्तोल र कार्तुस बिक्री गर्ने उद्देश्यले बाघडुग्रा ल्याएको थियो भने उक्त पिस्तोल बिक्री गर्न अगावै पुलिसले बाघडुग्राको भुट्टाबारीबाट युवकलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *