बाघडुग्रामा गाईलाई बचाउने प्रयासमा तीनवटा वाहन ठोक्किँदा 10 घाइते

सिलगढी : बाघडुग्राको गोसाई मोड़ इलाकामा गाईलाई बचाउने प्रयासमा तीनवटा वाहन दुर्घटनाग्रस्त हुँदा 10 जना मानिसहरू घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर प्राथमिक उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर बस आफ्नो नियन्त्रणमा लिएर जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूले बताएअनुसार आज दिउँसो बाघडुग्राको गोसाई मोड़ एशियन हाईवे 2 पार गरिरहेको गाईलाई बचाउनको लागि एउटा वाहनले अचानक ब्रेक लगाउँदा पछिल्तरिबाट आइरहेको एउटा आर्मी बस र बिहारबाट आइरहेको एउटा बस आपसमा ठोक्किएर बस सड़कमा लगाइएको रेलिङमाथि चढ्दा 10 जना मानिसहरू घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूले बाघडुग्रा गोसाई मोड़ एशियन हाईवे 2 मा ट्राफिक पोइन्ट बनाउने माग गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *