बाघडुग्रामा गाँधी जयन्ती पालन

बाघडुग्रा : देशभरिमा झैँ यता बाघडुग्रामा पनि गाँधी जयन्ती पालन गरियो। बाघडुग्रा अञ्चल कङ्ग्रेसको पहलमा पार्टी कार्यालय अघि राष्ट्रपिता महात्मा गाँधीको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा नक्सलबारी ब्लक कङ्ग्रेस अध्यक्ष अमिताभ सरकार, मोहम्मद इमरान, लक्ष्मी सिन्हा लगायत अन्य उपस्थित थिए। यस अवसरमा अमिताभ सरकारले भने, बापुजीले देशलाई स्वतन्त्र गर्नमा आफ्नो सिद्धान्त र आदर्श प्रयोग गरे भने तिनको सिद्धान्त र आदर्श देशमा मात्र नभएर दुनियाँ मै फैलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *