बाघडुग्रामा गणेश पुजा मण्डपमा बदमाशहरूद्वारा हमला, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं): बाघडुग्राको गोंसाईपुर व्यवसायी समितिको गणेश पुजा मण्डपमा केही बदमाशहरूले हमला गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनालाई लिएर स्थानीय मानिसहरूमाझ असन्तुष्ट देखा परेको छ। प्राप्त जानकारी अनुसार हिजो शनिवार पुजाको सांस्कृतिक कार्यक्रम समाप्त भएपछि केही बदमाशहरू पुजा मण्डपमा पसेर मूर्ति तोड़फोड गरिदिएको छ। बदमाशहरूले मण्डपमा तोड़फोड़ गर्नको साथै पंखा लगायत अन्य सबै चीजहरू पनि बर्बाद गरिदिएको छ। आज बिहान उक्त घटनाको जानकारी पाउन साथ पुजा कमिटीको तर्फबाट बाघडुग्रा पुलिस थानामा अभियोग दर्ता गरिएको छ। यसपछि बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ। पुजा आयोजक समिति सूत्रले बताए अनुसार यो हमला बदमाशहरूले गरेका हुन्। यसको साथै घटनामा सामेल बदमाशहरूलाई पक्राउ गरेर कार्वाही गरिनु पर्ने पनि माग गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *