बाघडुग्रामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

बाघडुग्रा : बाघडुग्राको श्री कोलनी इलाकाको एउटा घरबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक विश्वजीत घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार विश्वजीत राय पेशाले वाहन चालक हुन्। गत अबेर राति तिनी कामबाट घर फर्किआए। यसपछि आज दिउँसो खाना खानको लागि परिवारका सदस्यहरूले तिनलाई बोलाउँदा कुनै उत्तर नपाएपछि दैलो भत्काएर कोठाभित्र पसेर हेर्दा झुन्डिएको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *