बाघडुग्रामा मेगा रक्तदान शिविरको आयोजना

बाघडुग्रा (निसं): रगतको कमी दूर गर्ने उद्देश्य लिएर वर्कर्स एसोसिएशन अफ् बाघडुग्राको पहलमा यहाँको बिहार मोडमा आज मेगा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा नक्सलबारीका बीडीओ प्रणब चट्टराज लगायत अन्य उपस्थित थिए। यस अवसरमा संस्थाका सदस्य रतन कुमार घोषले भने, 500 ​​युनिट रगत संग्रह गर्ने लक्ष्य लिएर आज मेगा रक्तदान शिविर आयोजना गरिएको हो। विशेष गरेर रगतको संकट दूर गर्ने उद्देश्य लिएर उक्त पहल गरिएको हो। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेजको ब्लड ब्याङ्क तथा तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *