बाघडुग्रामा नवौँ श्रेणीका छात्राको शव उद्धार

सिलगढी : अप्पर बाघडुग्राको लालबस्ती इलाकामा नवौँ श्रेणीका छात्राको शव उद्धार भएको छ। मृतक छात्रा 14 वर्षीय कोमल चौधुरीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो परिवारका सदस्यहरूले खाना खानको लागि बोलाउँदा नआएपछि कोठाभित्र पसेर हेर्दा कोमलले घाटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा देखे। यसपछि घटनाबारे पुलिसलाई खबर गरेपछि बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *