बाघडुग्रामा नवजात शिशुको शव उद्धार

बाघडुग्रा: बाघडुग्रा रेलवे स्टेसनको पार्किङमा नवजात शिशुको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज केही मानिसहरूले बाघडुग्रा रेलवे स्टेसनको पार्किङ संलग्न झाडीमा नवजात शिशु देखेपछि घरमा गएर परिवारका सदस्यहरूलाई बताए। यसपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर घटनाबारे बाघडुग्रा थाना पुलिस र रेलवे पुलिस अधिकारीलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर नवजात शिशुलाई उद्धार गरेपछि बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा लगे तापनि त्यहाँका डाक्टरहरूले शिशुलाई मृत घोषित गरिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *