बाघडुग्रामा नेताजी सुभाष चन्द्र बोसको 125औँ जन्मजयन्ती पालन

बाघडुग्रा : बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट आज नेताजी सुभाष चन्द्र बोसको 125औँ जन्मजयन्ती पालन गरियो। बाघडुग्रा अञ्चल कङ्ग्रेसको कार्यालयमा नेताजी सुभाष चन्द्र बोसको तस्विरमा माला लगाइदिनको साथै फुल चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै राष्ट्रिय झण्डा पनि उत्तोलन गरियो। यस अवसरमा कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू लगायत सेवा दलका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *