बाघडुग्रामा पार्कभित्र झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

बाघडुग्रा : बाघडुग्राको रूपसिंहजोतको एउटा पार्क भित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम नरेन सरकार बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले पार्कभित्र झुन्डिरहेको अवस्थामा व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। यस सम्बन्धमा स्थानीय पञ्चायत सदस्य विकल सिंहले भने, मृतक व्यक्ति स्थानीय निवासी थिए। तिनी मर्निङ वकमा निस्केका थिए। पछि पार्कभित्र झुन्डिएको अवस्थामा तिनको शव उद्धार भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *