बाघडुग्रामा पिस्तोलसहित 2 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको स्पेसल अपरेसन ग्रुप (एसओजी)-ले  पिस्तोलसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू तपन सिंह र सनी ठाकुरको रूपमा चिन्हित गरिएको छ। एसओजी सूत्रले दिएको जानकारीअनुसार बाघडुग्रा थाना अन्तर्गत बिहार मोड इलाकामा पिस्तोल लिएर दुईजना व्यक्ति उभिरहेको गोप्य सुइँको पाएपछि एसओजी टोलीले अभियान चलाएर दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिहरूबाट एउटा 9 एमएम पिस्तोल, दुई राउण्ड जिउँदो कार्तुस, एउटा बाइक र एउटा मोबाइल उद्धार गरेको छ। यसपछि एसओजी टोलीले पक्रा परेका दुईजना व्यक्तिलाई बाघडुग्रा थाना पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *