बाघडुग्रामा पिस्तोल, सकेट बम सहित 2 जना पक्राउ

बाघडुग्रा :  बाघडुग्रामा पिस्तोलसहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तर दिनाजपुरको चोपडा निवासी शङ्कर अधिकारी र अपु पाइकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपलिटन पुलिसको स्पेसल अपरेसन ग्रुप तथा बाघडुग्रा पुलिसले संयुक्त अभियान चलाएर हिजो बाघडुग्राको पानीघट्टा मोड संलग्न इलाकाबाट एउटा पिस्तोल, 4 वटा सकेट बम र कार्तुससहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको पिस्तोल तथा सकेट बम कहाँ लगिरहेको थियो भन्ने विषयमा पुलिसले छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *