बाघडुग्रामा रक्तदान शिविरको आयोजना

खोरीबारी : बाघडुग्रामा सूर्या फाउन्डेसन तथा प्रयास एक कदम-को पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 110 जना मानिसहरूले रक्तदान गरे। सूर्या फाउन्डेसनका राजकीय प्रभारी एस गोपाल सिंहले सूर्या फाउन्डेसन सदैव समाजको उत्थानको लागि शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र तथा स्वालम्बनको क्षेत्रमा सदैव कार्यरत रहेको बताए। फाउन्डेसनका चेयरम्यान पद्मश्री जयप्रकाश अग्रवालको प्रेरणाले गर्दा आफूहरूले राष्ट्रको सेवा गरिरहेको तिनले बताए। उक्त शिविरमा सूर्या फाउन्डेसनका गोपाल सिंह, बिनोद कुमार, कमल, सञ्जय तथा एक कदम प्रयास-का सुजीत र सिद्धार्थले अहम भूमिका निर्वाह गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *