बाघडुग्रामा रक्तदान शिविरको आयोजना

बाघडुग्रा : रगतको कमीलाई ध्यानमा राखेर बाघडुग्रा फरेस्ट रेञ्जको तर्फबाट मतिगढा सोशल वेलफेयर अर्गनाइजेशनको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा बाघडुग्रा फरेस्ट रेञ्जका अधिकारी तथा कर्मचारीहरू लगायत अन्य मानिसहरूले रक्तदान गरे भने उक्त शिविरमा 27 युनिट रगत संग्रह गरियो। संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। रगतको कमीलाई ध्यानमा राखेर फरेस्ट रेञ्ज कम्प्लेक्समा रक्तदान शिविरको आयोजना गरिएको बाघडुग्रा फरेस्टका रेञ्जर अधिकारी समीरण राजले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *