बाघडुग्रामा सडक दुर्घटनामा अज्ञात व्यक्तिको मृत्यु

बाघडुग्राबाघडुग्राको गुरूद्वारा संलग्न रहेको फ्लाइओभरमा गत अबेर राति सडक दुर्घटनामा क्षत-विक्षत अवस्थामा एकजना अज्ञात व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति पुलिसले घटनास्थलबाट क्षत-विक्षत अवस्थामा एकजना व्यक्तिको शव उद्धार गरेको छ। मृतक व्यक्तिको परिचय अझसम्म थाहा नलागेको बताइएको छ। रातको समयमा कुनै माल वाहक ठुलो गाडीले किच्चाएर घटनास्थलमै तिनको मृत्यु भएको हुनसक्ने पुलिसले अनुमान लगाएको छ। बाघडुग्रा पुलिसले मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *