बाघडुग्रामा स्टेट हेड क्वार्टर सिलगढी सिभिलियन वर्कर्स युनियनको 19औँ वार्षिक सम्मेलन

सिलगढी : स्टेट हेड क्वार्टर सिलगढी सिभिलियन वर्कर्स युनियनको 19औँ वार्षिक सम्मेलन आज बाघडुग्रामा सम्पन्न भयो। बाघडुग्राको बिहार मोडमा आज बिहान वार्षिक सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा संगठनका सदस्यहरूले झण्डा उत्तोलन गर्नको साथै सहिद वेदीमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। उक्त सम्मेलनमा संगठनको विभिन्न समस्या लगायत आगामी दिनको संगठनको कार्यक्रमबारे चर्चा परिचर्चा गरियो। यस अवसरमा संगठनका सदस्य रामसेवक मणी, आकाश लामा, रतन बनजा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *