बाघडुग्रामा सुनको दोकानमा चोरी

बाघडुग्रा : बाघडुग्रा थाना नजिक रहेको एउटा सुनको दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज बाघडुग्रा थाना संलग्न एसियन हाईवेको सडक नजिक रहेको एउटा सुनको दोकानमा बाइकमा सवार भएर एकजना दुष्कृति ग्राहकको रूपमा उक्त दोकानमा आएर समानहरू किन्ने बहानामा सुनको चेन लिएर चम्पट कसेको बताइएको छ। उक्त घटनापछि दोकानका मालिक आनन्द कर्मकारले घटनाबारे बाघडुग्रा थानामा अभियोग दर्ता गरेका छन्। सुरक्षा सुनिश्चित गर्नको लागि बाघडुग्रा सहरमा अगावै 35 वटा सीसीटीभी क्यामारा जडान गरे तापनि यस प्रकार घटना भइरहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको बाघडुग्रा थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *