बाघडुग्रामा टोटो पल्टिँदा 5 जना यात्रु घाइते

बाघडुग्रा (निसं): बाघडुग्राको बिहार मोड नजिक तीव्र गतिमा आइरहेको एउटा टोटो पल्टिँदा त्यसमा सवार 5 जना यात्री घाइते भएका छन्। दुर्घटनाको समय टोटोमा चालकसहित मोठ 6 जना सवार थिए। घटनाक्रम अनुसार तीव्र गतिमा आइरहेको टोटो अचानक अनियन्त्रित भएर सडक नजिक दुर्घटना भएको बताइएको छ। दुर्घटनामा 5 जना यात्री घाइते भएका छन्। यसपछि बाघडुग्रा ट्राफिक पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उपचारको लागि तत्कालै नजिकैको बाघडुग्रा अस्पतालमा पुऱ्याइयो। यसपछि तीमध्ये 3 जनालाई त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिदिएको छ। अर्कोतिर, टोटोको चालक मन्जु श्रीवास्तवलाई पुलिसले पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *