बाघडुग्रामा ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु

बाघडुग्रा (निसं): ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। यो घटना बाघडुग्राको गोंसाईपुर संलग्न कलेजपाडाको हो। प्राप्त जानकारी अनुसार, शुक्रवार साँझ स्थानीय मानिसहरूले गोंसाईपुर संलग्न कलेजपाडाको रेल लाइनमा उक्त शव देखे। यसपछि घटनाको जानकारी पुलिसलाई दिए। अर्कोतिर, घटनाको जानकारी पाउन साथ रेलवे पुलिस अनि बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याए। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतकको नाम चितरञ्जन राय हो। तिनी न्यू गोंसाईपुरका निवासी थिए। मृतक लटरी बिक्रेता थिए। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *