बाघडुग्रा मुनि चिया कमानबाट नवजात शिशु उद्धार

सिलगढी: बाघडुग्रा मुनि चिया बगानबाट एकजना नवजात शिशु फेला परेको छ। नवजात शिशु उद्धार भएपछि बगानमा व्यापक हो- हल्ला मच्चिएको छ। प्राप्त जानकारी अनुसार बुधवार चिया बगानका श्रमिकहरूले सबैभन्दा पहिला नवजात शिशु देखेपछि यसबारे पुलिसलाई सूचना दिए। खबर पाउन साथ बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर शिशुलाई आफ्नो नियन्त्रणमा लिए। यसपछि नवजात शिशुलाई स्वास्थ जाँको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा लगियो। उद्धार गरेको शिशु फिमेल रहेको बताइएको छ भने पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *