बाघडुग्रा नजिक रेल लाइनको माझमा फाटो, ठुलो दुर्घटना हुन अगावै मरमति कार्य शुरू

बाघडुग्रा : बाघडुग्रा रेल स्टेसन नजिक रेल लाइनको माझमा फाटो परेको थाहा पाएपछि कुनै अप्रिय घटना हुन अगावै रेल कर्तृपक्ष सतर्क बनेको छ। प्राप्त जानकारीअनुसार आज सिलगढी बालुरघाट ट्रेन प्रस्थान गरेपछि उक्त रेल लाइनमा फाटो परेको हुनसक्ने स्थानीय मानिसहरूले आशंका गरेका छन्। यसबारे तत्कालै रेलवेका कर्मचारीहरूले खबर दिएपछि रेलवेका कर्मचारीहरू घटनास्थलमा पुगेर यसको मरमति गर्ने कार्य शुरू गरेको छ। हाल 20 किलोमिटरको स्पिडमा उक्त रूट भएर ट्रेन चलाचल गर्ने बताइएको छ। रेल अधिकारी शम्भू कुमारले बताएअनुसार हाल परिस्थिति नियन्त्रणमा रहेको छ भने केवल 20 किलोमिटरको स्पिडमा उक्त रूट भएर ट्रेन चलाचल गर्ने निर्देश दिएको छ। आज बिहान रेल लाइनको माझमा फाटो परेको खबर पाएपछि रेल कर्मीहरू घटनास्थलमा पुगेर यसको मरमतिको कार्य शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *