बाघडुग्रा-नक्सलबारी रेलवे लाइनमा रूख लडेपछि ओभरहेड तार चुडियो, रेलवे सेवा बाधित

बाघडुग्रा (निसं): अचानक एउटा रूख रेलवे लाइनमा लडेपछि ओभरहेड तार चुडियो। यसले गर्दा रेलवे परिचालन पनि बन्द भयो। रेलवेको ओभरहेड तारको चपेटमा परेर एउटा भैसी पनि मरेको छ। उक्त घटना पछि बाघडुग्राको गुरुद्वारा इलाकामा सनसनी मच्चिएको छ।
घटना क्रम अनुसार, बाघडुग्रा-नक्सलबारी रेलवे लाइनमा अचानक एउटा रूख लडेपछि रेलवेको ओभरहेड तार चुडियो। घटना पछि रेल यातायात रोकिदियो। सूचना पाएपछि रेलवे पुलिस, बाघडुग्रा पुलिस, बाघडुग्रा वन विभाग अनि दमकल कर्मीहरू घटनास्थलमा पुगे। बाघडुग्रा वन विभागमा कर्मचारीहरूले रेलवे लाइनबाट रूख हटाउने काम शुरू गरे। रूख काटेपछि बिजलीको तारलाई हटाइयो। हाल रेल यातायात सामान्य भएको छ। उक्त घटनाको कारण रेलवे सेवा 2 घण्टासम्म बाधित बन्यो। यसले गर्दा केही पेसेञ्जर ट्रेनहरूलाई बाघडुग्रा अनि नक्सलबारी स्टेशनमा नै रोकिदियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom giriş