बाघडुग्रा स्टेसनमा गुवाहाटी-राँची स्पेसल साप्ताहिक ट्रेन स्टपेजको उद्घाटन

सिलगढी : बाघडुग्रा स्टेसनमा गुवाहाटी-राँची स्पेसल साप्ताहिक ट्रेन स्टपेजको आज दार्जिलिङका सांसद राजु विष्टले उद्घाटन गरे। यस अवसरमा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, कटिहार डिभिजनका डीआरएम सुरेन्द्र कुमार, सिनियर डिभिजनल कमर्सियल म्यानेजर जी प्रशान्त कुमार लगायत अन्य उपस्थित थिए। सांसद राजु विष्टले भने, यो ट्रेनको स्टपेज बाघडुग्रावासीको लागि हो। आगामी दिनमा चेन्नई जाने क्यापिटल र दीघा जाने पाहाडिया एक्सप्रेसको स्टपेज पनि यहाँ बनाइनेछ। दार्जिलिङ जिल्लाभरिमै हाल 5 हजार करोड रुपियाँको लागतमा विभिन्न विकासमूलक कार्य चलिरहेको छ।  बाघडुग्रा हवाईअड्डाको विकास तथा विभिन्न परियोजनाको कार्य चलिरहेको छ। यसबाहेक अमृत परियोजनाको माध्यमद्वारा सिलगढी टाउन स्टेसनमा पिउने पानीको व्यवस्था गराइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *