बाघडुग्रा ट्राफिक गार्डको पहलमा 43औँ ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट 43औँ उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। मतिगढाको सिटी सेन्ट्र आउट पोस्टमा आज उक्त शिविरको आयोजना गरियो। बाघडुग्रा ट्राफिक गार्डको पहलमा आयोजना गरिएको उक्त शिविरमा पुलिसकर्मी लगायत साधारण मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा लगभग 60 युनिट रगत संग्रह गरियो। यस अवसरमा सिलगढीका पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, डीसीपी ट्राफिक अभिषेक गुप्ता, एसीपी ट्राफिक वेस्ट आशिष सुब्बा, एसडीसीपी पूर्णिमा शेर्पा, बाघडुग्रा ट्राफिक गार्डका ओसी एसएस नेगी लगयात अन्य पुलिस कर्मी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *