बाघडुग्रा ट्राफिक गार्डद्वारा स्पेशल ड्राइभ अभियान

सिलगढी: शहरमा सुरक्षा व्यवस्थालाई सुचारू राख्नको लागि पुलिस प्रशासनको तर्फबाट नयाँ-नयाँ पाइला चालिरहेको देखिन्छ। ट्राफिक गार्डको तर्फबाट हाल स्पेशल ड्राइभ अभियान क्रमबद्ध तरिकाले चलाइरहेको छ। यसैक्रममा बाघडुग्रामा पनि ट्राफिक गार्ड स्पेशल ड्राइभ अभियान चलाइहेको छ। यस अभियान अवधि ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूलाई बाघडुग्रा ट्राफिक गार्डको तर्फबाट चलान काटेर जरिमाना तिराइरहेको छ। यस अवधि बाघडुग्रा ट्राफिक गार्डले हेलमेट नलगाएका दुईचक्के स्कुटी तथा बाईकका चालकहरूलाई हेलमेटबारे अनि अन्य चालकहरूलाई ट्राफिक नियमहरू बारे जानकारी गराइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *