बाघडुग्रा ट्राफिक पुलिसद्वारा सड़क सुरक्षा सप्ताह पालन

बाघडुग्रा : सड़क सुरक्षा सप्ताह अन्तर्गत बाघडुग्रा ट्राफिक पुलिसले आज वाहन चालकहरूलाई गुलाबको फुल दिएर ट्राफिक नियमहरू अनुसरण गर्ने अपील गरे। यसको साथै ट्राफिक पुलिसका आधिकारीहरूले सेफ ड्राइभ सेभ लाइफबारे मानिसहरूलाई जागरुक पनि गरे। यस अवसरमा बाघडुग्रा ट्राफिक एसआईआई विनय सेन्चुरीले ट्राफिक नियमहरूको उल्लङ्घन गर्ने दुई चक्के र चार चक्के वाहनका चालकहरूलाई फुल एवम् चकलेट दिएर सड़क सुरक्षा सप्ताह मनाएको बताए। हेलमेटविहिन चालकहरूको चलान काट्नको बद्ली तिनीहरूलाई गुलाबको फुल र चकलेट गर्दै गाँधीगिरीको उदाहरण दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *