बाघडुग्रा ट्राफिक गार्डद्वारा अतिक्रमण हटाऊ अभियान

सिलगढी : सिलगढी ट्राफिक व्यवस्था सुचारू राख्ने उद्देश्य लिएर मेट्रोपोलिटन पुलिसको तर्फबाट लगातार पहल गरिरहेको छ। यसैलाई केन्द्र गरेर आज बाघडुग्रा ट्राफिक गार्डका ओसी स्वपन रायको नेतृत्वमा पानीघट्टा मोड़ इलाकालाई अतिक्रमण मुक्त गराइयो। यसको साथै नेशनल हाईवेको किनारमा राख्ने यात्री वाहक वाहनहरूलाई त्यहाँ हटाउने निर्देश दिएको छ। स्वपन रायले बताएअनुसार आज अभियानको पहिलो दिन सबैलाई सतर्क गराइयो भने पछि कानुनी कार्वाही गरिने साथै सडक किनारमा वाहनहरू राखिएको खण्डमा चलान काटिने बताए। स्मरण रहोस्, यसभन्दा अघि पनि बाघडुग्रा ट्राफिक गार्डको तर्फबाट खप्रेल मोड लगायत विभिन्न इलाकाहरूमा अतिक्रमण हटाऊ अभियान चलाइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *