बाघडुग्रामा सड़क दुर्घटनामा एकजना घाइते

सिलगढी : सिलगढी सहर संगलन बाघडुग्रा एशियन हाईवे -2 एयरपोर्ट मोड़को नजिक सड़क दुर्घटनामा एकजना यात्री गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार एउटा यात्री वाहक टाटा म्याजिकले ट्रकलाई पछिल्तिरबाट धक्का दिँदा टाटा म्याजिकमा सवार एकजना यात्री गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्तिलाई तत्कालै उद्धार गरेर बाघडुग्रा अस्पताल लगे तापनि त्यहाँका चिकित्सकहरूले प्राथमिक उपचारपछि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार टाटा म्याजिक चालकको भुलले गर्दा उक्त दुर्घटना भएको हो। बाघडुग्रा थाना एवम् बाघडुग्रा ट्राफिक गार्डले दुर्घटनाग्रस्त वाहनलाई जफत गरेर आफ्नो नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *