बाघको भोजन आपूर्ति गर्न बक्सा जंगलमा छोड्यो 52 वटा चितल हिरण

अलीपुरद्वार (निसं): बाघहरूको लागि जंगलमा भोजन भण्डार सुनिश्चित गर्न बक्सा बाघ प्रोजेक्टमा फेरि 52 वटा चितल हिरण छोडिदिएको छ। प्राप्त जानकारी अनुसार यी हिरणहरू बेथुआदाहारी वाइल्ड लाइफ सेन्चुरीबाट बक्सामा ल्याइएको हो। यसैक्रममा गत तीन वर्षको अवधिमा सैकडौ चितल हिरणहरू बक्सा जंगलमा छोडीसकेको वन विभागले जनाएको छ। यहाँको जंगलमा साम्भर र बार्किंङ हिरण अधिक संख्यामा रहे तापनि बाघहरूलाई मनपर्ने भोजन चितल हिरणहरूको संख्या कम्ती रहेको थियो। यसैले कमीलाई पूरा गर्नका लागि नै वन विभागले राज्यको विभिन्न अभयारण्यबाट चितल हिरणहरू बक्सा जंगलमा लैजाने योजना बनाएको छ। आज बुधबार वन विभागका अधिकारीहरूको उपस्थितिमा 52 वटा चितल हिरणहरू बक्सा बाघ प्रकल्पको राजाभातखावा जंगल इलाकामा छोडीदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *