बाघमारा बस्तीमा प्राणी सम्पद प्रदर्शनी तथा सेमिनार

खरसाङ (निसं) : तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको विशेष पहलमा खरसाङ खण्ड प्राणी सम्पद विभागको आयोजनामा खण्ड स्तरीय प्राणी सम्पद प्रदर्शनी तथा सेमिनारको आयोजना गरिएको छ। तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न प्रजातिका प्राणीहरू प्रदर्शनी साथै पशु पालनले ग्रामीण अर्थतन्त्रमा पार्ने प्रभाव विषयमा सेमिनारको पनि आयोजना गरियो। उक्त पशु प्रदर्शनी र सेमिनारको अध्यक्षता स्थानीय प्रमोद छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद नवराज छेत्री साथै विशिष्ट अतिथिको रूपमा पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्य राजीव तामाङ उपस्थित थिए।


उक्त कार्यक्रममा पशु पालन विषयमा प्राणी सम्पदा विभागबाट प्राणी सम्पदा खरसाङ खण्ड बीएलडीओ डा. नेहार भौमिक, डा. अजीत सरकार, डा. अरूण छेत्री आदिले पशु पालन र पशुको हेरचाह साथै विभिन्न रोगहरू र यसको निवारण विषयमा सचेतना गराएका थिए। कार्यक्रममा डा. अंकुर शर्मा, डा. सुडेन्ला छिरिङ भोटिया साथै प्रमुख अतिथि सभासद नवराज छेत्री, सभाध्यक्ष प्रमोद छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, कृषकको पक्षमा किसान तिवारी आदिले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा पशुहरूका लागि विभिन्न रोगहरूका दबाईहरू वितरण गरिएको थियो। कार्यक्रममा पशु पालकहरूको घरतिर पुगेर निरीक्षण पनि गरियो। कार्यक्रममा पशुहरू गाई, बाख्रा, कुखुरा प्रदर्शनी गर्नेहरूलाई पुरस्कारहरू पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *