बाघपुल छेउ काली मन्दिर क्षेत्रमा सडकमाथिबाट ढुङ्गा झर्दा वाहन क्षतिग्रस्त

सेभोक : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बाघपुलको काली मन्दिर छेउ आज बिहान लगभग 10 बजी अचानक सडक माथिबाट ढुङ्गा झर्दा एउटा सानो वाहन क्षतिग्रस्त बनेको छ। सेभोक पुलिसले दिएको जानकारी अनुसार सेभोक मन्दिरमा पुजा गर्न आएका मानिसले उक्त ठाउँमा वाहन राखेर मन्दिरमा गएका थिए। यसपछि अचानक सडक माथिबाट ठुलो ढुङ्गा झरेर वाहन क्षतिग्रस्त भएको हो। तथापि, वाहनमा कोही नभएकोले कसैले ज्यानलाई कुनै क्षति नभएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *