बाग्राकोर्ट नजिक राष्ट्रिय राजमार्गमा ट्रक पल्टिँदा चालक र खलासी घाइते

सेभोक : बाग्राकोर्ट नजिक इलेनबारीको राष्ट्रिय राजमार्गमा आज ढुङ्गा-गिटी लादिएको एउटा ट्रक अनियन्त्रित भएर पल्टिँदा वाहनका चालक अनि खलासी घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बाग्राकोर्ट नजिक इलेनबारीको राष्ट्रिय राजमार्गमा एउटा ट्रक अनियन्त्रित भएर सडकमा पल्टिँदा सडक मार्ग केही समयसम्म अवरोध बनेर धेरै वाहनहरूको लस्कर लागेको देखियो। अर्कोतिर, उक्त दुर्घटना घाइते भएका चालक अनि खलासीलाई पुलिसले स्थानीय मानिसहरूको सहयोगमा घटनास्थलबाट उद्धार गरेर तत्कालै उपचारको निम्ति अस्पतालमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *