भगवान महावीर जन्म कल्याण महोत्सव समितिद्वारा 14 अप्रेल महाबीर जयन्ती मनाउने

सिलगढी : भगवान महावीर जन्म कल्याण महोत्सव समिति सिलगढीको तर्फबाट आगामी 14 अप्रेलको दिन भव्य रूपमा महाबीर जयन्ती पालन गरिने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर समितिका सभापति डा. पंकज जैनले यसबारे जानकारी दिएका छन्। कोरोना महामारीले गर्दा गत 2 वर्षदेखि महाबीर जन्मजयन्ती धुमधामको साथमा पालन गर्न सकिएको थिएन। यसैले यस वर्ष विविध कार्यक्रमको साथमा महाबीर जयन्ती पालन गरिने तिनले बताए। प्रभात फेरीको माध्यमद्वारा कार्यक्रमको शुरूआत गरिने साथै रक्तदान शिविरको पनि आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *