वाहनको धक्का लागेर महिला पोस्ट अफिस कर्मचारीको मृत्यु

सिलगढी, 6 दिसम्बर (निसं): वाहनको चपेटमा परेर पोस्ट अफिसमा कार्यरत एकजना महिला कर्मचारीको मृत्यु भएको छ। मृतकको नाम देबोरिता दास बताइएको छ। उनी सिलगढीको अरविन्दोपल्ली इलाका निवासी थिइन्। प्राप्त जानकारी अनुसार, हरेक दिन झै बिहिबार पनि देबोरिता पोस्ट अफिसमा आफ्नो काम सकेर घर फर्किँदै थिइन्। त्यही समय मिलनपल्ली नजिकै पछाडिबाट आएको एउटा ट्र्याक्टरको चपेटमा परेर उनी गम्भीर घाइते भइन्। घटनापछि उनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको छ। अर्कोतिर, घातक वाहनलाई जफत गर्नको साथै सिलगढी पुलिस थानाले आरोपी चालक प्रदीप मुण्डालाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गरियो। जानकारी अनुसार, देबोरिता गत 9 वर्षदेखि पोस्ट अफिसमा कार्यरत थिइन्। उनकी मृत्यु पछि उनका परिवारमा शोकको माहौल छाएको छ। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गरेपछि देबोरिताको शव आज परिवारलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETonwingrandpashabet